तपाईँ सुन्दै हुनुहुन्छः

पहिराेले महाकाली राजमार्ग अवरुद्ध

file photo

बैतडी I अविरल वर्षापछि आएको पहिराेले महाकाली राजमार्ग अवरुद्ध भएको छ ।

वर्षापछि बैतडीको सतबाँझ–गोकुलेश्वर सडकखण्डको धर्मघरनजिकै आज ११.३० बजे सडक माथिबाट पहिराे खस्दा राजमार्ग अवरुद्ध बनेको हो । 

राजमार्ग अवरुद्ध हुँदा यातायात आवागमन पूर्ण रूपमा बन्द भएको बैतडीका प्रहरी प्रवक्ता, प्रहरी निरीक्षक योगेश खत्रीले जानकारी दिनुभयो । उहाँका अनुसार अहिले यात्रुहरू बीचबाटोमै अलपत्र परेका छन् ।  

पहिराे पन्छाएर राजमार्ग सञ्चालन गर्न जेसिबी पहिरो खसेको स्थानतर्फ गइरहेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । शनिबारदेखि भइरहेको अविरल वर्षाका कारण यहाँको जनजीवन प्रभावित भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button