तपाईँ सुन्दै हुनुहुन्छः

इलाममा रोपाइँ जात्राको रौनक (फोटो फिचर)

इलाम । पुर्वी पहाडी जिल्लाहरूमा संस्कृतिको रुपमा मनाइँदै आएको रोपाइँ जात्रा इलामवासीले आइतबार धुमधामका साथ मनाएका छन् ।

असारे भाका र पञ्चेबाजाको धुनसहितको जात्राले इलाम सदरमुकामका चोक चोक परिक्रमा गरेको थियो । गोरु, हली साथमा बाउसे र विभिन्न जातीय पहिरनमा सजिएका रोपाहारहरूको रोपाइँ अभिनयबाट दर्शकहरू रमाइरहेका थिए । जात्रा हेर्न सर्वसाधारणको भीड थियो ।

मौलिक संस्कृतिको जगेर्ना गर्ने उद्देश्य सहित नेपालभाषा तथा संस्कृति समाजले जात्राको आयोजना गरेको हो । १९७२ सालदेखि इलाममा रोपाई जात्रा सुरु भएको र पुस्ता हस्तान्तरण हुँदै जाँदा इतिहास जोगाउन लागिरहेको नेपालभाषा तथा संस्कृति समाजका अध्यक्ष प्रवीण श्रेष्ठले बताउनुभयो । एउटा जातिको मात्रै पर्व नभएकोले सबै जातजातिलाई समेटेर मौलिक संस्कृति जगेर्ना गर्न जात्राको आयोजना गरिको श्रेष्ठले बताउनुभयो ।

इलाम सदरमुकाम सहित जिल्लाको मङ्गलवारे बजार, नाम्सालिङ्गको शुक्रबारे बजार र दानाबारी, फिक्कल बजारमा रोपाइँ जात्रा मनाउने गरिन्छ । जात्रालाई पर्वको रुपमा मनाउन थालिएको र सबै जाति मिलेर उत्सवको रुपमा मनाइने गरेको महेन्द्र रत्न बहुमुखी क्याम्पसका पूर्व प्राध्यापक युद्ध प्रसाद वैद्य बताउनुहुन्छ ।

रोपाइँ जात्रा सकिएपछि इलाम चोक बजारमा लिम्बु जातिहरूको धान नाच नाचिएको थियो । उक्त नाचमा पनि सबै जातजातिको उल्लेख्य सहभागिता थियो ।

इलाम सदरमुकाम सहित जिल्लाको मङ्गलवारे बजार, नाम्सालिङ्गको शुक्रबारे बजार र दानाबारी, फिक्कल बजारमा रोपाइँ जात्रा मनाउने गरिन्छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button