ललिता निवास प्रकरण : २९० जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर

काठमाडौँ । जिल्ला सरकारी वकिलको कार्यालयले बालुवाटारस्थित ललिता निवासभित्रको जग्गा हिनामिना प्रकरणमा संलग्नविरुद्ध आज अदालतमा अभियोग पत्र दायर गरेको छ ।
जिल्ला सरकारी वकिलको कार्यालय काठमाडौँले २९० जनालाई प्रतिवादी बनाएर जिल्ला अदालतमा काठमाडौँमा अभियोग पत्र दायर गरेको महान्यायधिवक्ताको कार्यालयका प्रवक्ता एवम् सहन्यायधिवक्ता लोकराज पराजुलीले जानकारी दिनुभयो ।
सरकारी जग्गा हिनामिना प्रकरणमा सरकारी वकिलको कार्यालयले दायर गरेको अभियोग पत्रमा प्रतिवादीहरूलाई ‘लिखत किर्ते’मा सजाय र जरिवाना हुनुपर्ने मागदाबी लिएको छ ।
प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआइबी) ले ‘सङ्गठित किर्ते’ कसुरमा अनुसन्धान गरेर सोही कसुरमा मुद्दा चलाउन सरकारी वकिललाई राय दिएको थियो ।
सीआइबीले पूर्व उप–प्रधानमन्त्री विजयकुमार गच्छेदार सहित ४ जना पूर्वमन्त्रीहरुलाई प्रतिवादी बनाउन राय दिएको थियो । प्रहरीको राय अनुसार ४ जना पूर्वमन्त्रीलाई प्रतिवादी कायम गरिएको छ ।
जिल्ला सरकारी वकिल कार्यालयले अभियोग पत्रसँगै थुनामा रहेका १८ जना बाहेकका प्रतिवादीलाई फरार सूचीमा राखेको छ ।
बालुवाटारस्थित ललिता निवासको १४३ रोपनी ६ आना ३ पैसा ३ दाम हिनामिना भएको ब्युरोको अनुसन्धानले देखाएको छ ।








प्रतिक्रिया राख्नुहोस्