तपाईँ सुन्दै हुनुहुन्छः

‘दण्डहीनता बढेपछि न्याय क्षेत्रको भूमिका बढ्नु स्वभाविक’

जनकपुरधाम । नेपाली काँग्रेसका नेता डा. शेखर कोइरालाले मुलुकमा सुशासन तथा दण्डहीनता बढेको खण्डमा न्याय क्षेत्रको भूमिका बढ्नु स्वभाविक भएको बताउनुभएको छ ।

नेपाल वित्तीय संस्था कर्मचारी संघ ग्रामीण विकास लघुवित्त वित्तीय संस्थाको तेस्रो केन्द्रीय अधिवेशनको जनकपुरधाममा उद्घाटन गर्दै उहाँले कार्यपालिका तथा व्यवस्थापिकाले लगत गर्‍यो भने न्यायपालिकाले त्यसलाई सन्तुलनमा राख्नका लागि हस्तक्षेप गर्नु संविधानतः स्वभाविक भएको बताउनुभयो ।

उहाँले कार्यपालिका र व्यवस्थापिकाले इमानदारीपूर्वक काम गरे मुलुकमा शान्ति, समृद्धिको जनचाहना पुरा गर्न धेरै समय नलाग्ने बताउनुभयो ।

नेपाली काँग्रेसका केन्द्रीय सदस्य नयनसिंह महरले मुलुकमा शान्ति र समृद्धिको यात्रा नेपाली काँग्रेसले नै गरेको बताउँदै अहिलेको अवस्थामा सुधार पनि काँग्रेसले नै गर्ने दाबी गर्नुभयो ।

संस्थाको केन्द्रीय अधिवेशनमा ५७ जिल्लाका प्रतिनिधि र पर्यवेक्षक गरेर करिब दुई सय जनाको सहभागिता रहेको र अधिवेशनले नयाँ नेतृत्वको चयन गर्ने कार्यक्रम छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button