हृदयाघातका कारण सशस्त्र प्रहरी गण पर्साका प्रमुख थपलियाको निधन
वीरगन्ज । वीरगञ्जस्थित सशस्त्र प्रहरी बल नेपाल नम्बर १३ गण पर्साका प्रमुख एवं सशस्त्र प्रहरी उपरीक्षक सुमन थपलियाको आज दिउँसो अचानक हृदयघात भई निधन भएको छ ।
आज बिहान ११ बजे गणमै थपलियालाई हृदयघात भएपछि उपचारका लागि वीरगञ्जस्थित नेपाल मेडीसिटी वयोधा अस्पताल पुर्याइएको पर्साका प्रमुख जिल्ला अधिकारी हिरालाल रेग्मीले जानकारी दिनुभयो ।

४४ वर्षीय थपलियालाई अस्पताल पुर्याउँदा ११ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए ।
प्रमुख जिल्ला अधिकारी रेग्मीका अनुसार बिहान साइक्लिङ गरी फर्किएर आराम गरिरहेको अवस्थामा गण परिसरमै थपलिया अचानक अचेत भएर लडेपछि उपचारका लागि मेडीसिटी वयोधा अस्पताल वीरगन्जमा पुर्याइएको थियो ।
स्वर्गीय सशस्त्र प्रहरी उपरिक्षक थपलिया नुवाकोटका स्थानीयवासी हुनुहुन्छ ।
थपलियाको निधनप्रति गृहनगर वीरगञ्जमा रहनुभएका उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजाल, पूर्व मन्त्री एवम् पर्सा निर्वाचन क्षेत्र नम्बर १ का सांसद प्रदीप यादव र वीरगञ्ज महानगरपालिकाका प्रमुख राजेशमान सिंहले छुट्टाछुट्टै विज्ञप्ति निकालेर समवेदना प्रकट गर्नुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्