तपाईँ सुन्दै हुनुहुन्छः

हवाई सेवा विश्वसनीय बनाउन नेपाली सेनालाई उपप्रधानमन्त्री खड्काको आग्रह

काठमाडौँ । उपप्रधानमन्त्री एवं रक्षामन्त्री पूर्णबहादुर खड्काले नेपाली सेनाले सञ्चालन गरिरहेको हवाई सेवालाई अझ विश्वसनीय र सेवामुखी बनाउन आग्रह गर्नुभएको छ ।

file photo

नेपाली सेनाले सञ्चालन गरेको सैनिक हवाई सेवाअन्तर्गतको मध्य एयर बेसको निरीक्षण गर्दै उहाँले सेनाले सञ्चालन गरिरहेको हवाई सेवा अरूभन्दा भिन्न रहेको बताउनुभयो ।

उहाँले यसको सेवालाई अझै बढी विश्वसनीय बनाई जनसेवामा समर्पित गर्ने दिशामा बढी ध्यान दिन पनि आग्रह गर्नुभयो । अन्य संस्थाको तुलनामा कम सेवा सुविधाबाट पनि नेपाली सेनाले अप्ठ्यारो परिस्थितिमा हवाई सेवाको सरकारले सधैँ उच्च मूल्याङ्कन गरिरहेको उहाँले स्पष्ट पार्नुभयो ।

नेपाली सेनाको हवाई सेवालाई अझै राम्रो बनाउन तथा यहाँ काम गर्ने जनशक्तिलाई उचित तालिम तथा सेवा सुविधामा प्रोत्साहन गर्न सरकार सधैँ तयार रहेको उहाँको भनाइ थियो ।

उहाँले नेपाली सेनाका सबै जहाज तथा हेलिकोप्टर २४ सै घण्टा सञ्चालन गर्न सक्ने गरी तयारी अवस्थामा राख्न पनि निर्देशन दिनुभयो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button