मिटरब्याजी पीडितलाई सम्पर्कमा आउन प्रशासनको अनुरोध

नवलपरासी I जिल्ला प्रशासन कार्यालय पश्चिम नवलपरासीले मिटरब्याजी (अनुचित लेनदेन) पीडितहरूलाई सम्पर्कमा आउन आग्रह गरेको छ ।
जिल्ला प्रशासन कार्यालय ले दुवै पक्षलाई राखेर सहमतिका लागि छलफलका लागि बोलाउँदा पीडितहरू उपस्थित नभएपछि कार्यालयले उपस्थितिका लागि सूचना नै जारी गरेको हो ।
पछिल्लो समय निवेदन दिएकाहरूमा ३० जना मात्र छलफलका लागि आएको कार्यालयले जनाएको छ ।
जिल्लामा १ हजार ८ सय ८९ वटा उजुरी परेका मध्ये ७० वटा निवेदन उपर मिलापत्र गराइएको सहायक प्रमुख जिल्ला अधिकारी प्रकाश देवकोटाले जानकारी दिनु भयो । पीडित पक्ष नै सम्पर्कमा न आएपछि केही असहज भएको उहाँको भनाई छ । हामीले सूचना नै जारी गरेर बोलाएका छौ,केहिलाई सम्पर्क नै गरेर बोलाएका छौ,धान रोप्ने समय भएको हुनाले पनि न आएको हुन सक्छ । देवकोटाले भन्नू भयो । जिल्लाको प्रतापपुर र सुस्ता गाउँपालिकामा पीडितहरूको सङ्ख्या बढी रहेको छ ।
गृह मन्त्रालयले जिल्ला प्रशासन कार्यालयहरूलाई जेठ ११ गते पत्राचार गर्दै मिटरब्याज सम्बन्धी समस्या समाधानका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा सहयोगी कार्यदल गठन गरेर जिल्लामा छलफल गराउन आदेश दिएको थियो ।








प्रतिक्रिया राख्नुहोस्