तपाईँ सुन्दै हुनुहुन्छः

थाई प्रधानमन्त्रीद्वारा सन्न्यासको घोषणा

ब्याङ्कक। थाइल्याण्डका प्रधानमन्त्री प्रयुत चान–ओ–चालले राजनीतिक जीवनबाट सन्न्यास लिने घोषणा गर्नुभएको छ । यद्यपि उहाँले नयाँ सरकार गठन नभएसम्म प्रधानमन्त्रीका रूपमा काम गर्ने बताउनुभएको छ । 

युनाइटेड थाई नेसन (यूटीएन) पार्टीको आधिकारिक फेसबुक पेजमा उहाँले जारी गर्नुभएको विज्ञप्तिमा “अब म यूटीएन पार्टीको सदस्यबाट राजीनामा दिएर राजनीतिक जीवन त्याग गर्दैछु,” भन्नुभएको छ । उहाँले राष्ट्र, धर्म र राजतन्त्रका संस्थाहरूको रक्षा गर्न आग्रह पनि गर्नुभएको छ । 

उहाँको यो निर्णय थाई संसद्मा नयाँ प्रधानमन्त्रीका लागि मतदान हुनु केही दिन अघि सार्वजनिक भएको हो । आठ वर्षअघि सत्ता कब्जा गर्नुभएका सेना प्रमुख उहाँले थाई राजनीतिमा लामो समयदेखि चलिरहेको द्वन्द्वको फाइदा उठाउँदै अत्यधिक विवादास्पद सन् २०१९ को निर्वाचनमा नियन्त्रणलाई सुदृढ पार्ने प्रयास गर्नुभएको थियो ।एएफपी

प्रतिक्रिया राख्नुहोस्

Back to top button