पोखरामा पृथ्वीचोकदेखि विजयपुरसम्म सडक मापदण्डमा पर्ने संरचना हटाउने अभियान सुरु

कास्की । महानगरपालिकाले पोखरा मुग्लिन सडकखण्ड अन्तर्गत पृथ्वीचोकबाट विजयपुरसम्म सडक मापदण्डभित्र पर्ने अस्थायी संरचना हटाउन सुरु गरेको छ ।
सडकको मापदण्ड मिचेर बनाइएका संरचना भत्काउन मेयर धनराज आचार्य सहित विभिन्न वडाका वडा अध्यक्ष आफैँ फिल्डमा खटिएका छन् । डोजर परिचालन गरेर ती संरचना भत्काइन थालिएको छ ।

सडकको दायाँबायाँ २३ मिटर मापदण्डभित्र पर्ने अस्थायी संरचना भत्काइने पोखरा महानगरले जनाएको छ । सडकखण्ड एशियाली विकास बैङ्क एडिबीको सहयोगमा चार लेनको बन्दैछ ।
२०२६ मा रेखाङ्कन भएको यो सडक अहिले दुई लेनको छ । सवारीसाधनको चाप बढ्दै गएपछि एडिबीको ऋण सहयोगमा चार लेनको बनाउन लागिएको हो । सडकलाई दुई खण्डमा विभाजन गरेर ठेक्का लगाइएको छ ।










प्रतिक्रिया राख्नुहोस्