प्रेस युनियन कैलालीको अध्यक्षमा ओझा निर्वाचित

कैलाली । नेपाल प्रेस युनियन कैलालीको अध्यक्षमा सीताराम ओझा सर्वसम्मत निर्वाचित हुनुभएको छ । आज धनगढीमा भएको प्रेस युनियनको छैठौँ जिल्ला अधिवेशनले ओझाको नेतृत्वमा सर्वसम्मत नयाँ कार्यसमिति चयन गरेको हो ।
समितिकाे उपाध्यक्षमा सुनिल आउजी, महिला उपाध्यक्षमा अनिता चौधरी, सचिवमा शंकर बोहरा, कोषाध्यक्षमा गगन अयडी र सहसचिवमा रमा चन्द चयन हनुभएको छ ।

यसैगरी खुल्ला सदस्यहरूमा शेरबहादुर ऐर, रमेश अयडी, राजकुमार साउँद, पदमराज भट्ट, पुस्कर पौडेल र केशबसिंह धामी चयन हुनुभएको छ भने महिला सदस्यमा शारदा फुलारा जैशी, यमुना साउँद र भगवती सुनार चयन हुनुभएको छ ।
यस्तै आदिवासी जनजातिबाट जीवन चौधरी, मधेसीबाट सौरव राना र अल्पसंख्यकबाट विवेक नागरी सदस्य चयन हुनुभएको छ ।








प्रतिक्रिया राख्नुहोस्