तपाईँ सुन्दै हुनुहुन्छः

पसलमा आगलागी हुँदा ३७ लाख बराबरको क्षति

नवलपरासी । पश्चिम् नवलपरासी स्थित बर्दघाट बजारको एक पसलमा आगलागी हुँदा ३७ लाख बराबरको क्षति भएको अनुमान गरिएको प्रहरीले जनाएको छ ।

स्थानीय यम बहादुर थापाको घर (सटरमा) बर्दघाट १० का सुरज चौधरीले सञ्चालन गरेको आशिष फोटो स्टुडियोमा आज दिउँसो ४ बजे आगलागी हुँदा सम्पुर्ण सामान जलेर नष्ट हुनुका साथै छेउछाउका पसलमा समेत आंशिक क्षति पुगेको प्रहरीले जनाएको छ ।

खाजा पकाउने क्रममा ग्याँस लिक हुँदा आगलागी भएको बताइएको छ ।

बर्दघाट नगरपालिकाको दमकल, ईलाका प्रहरी कार्यालय बर्दघाटको टोली र स्थानीयको सहयोगमा करिब एक घण्टापछि आगो नियन्त्रणमा आएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button