‘दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्छ’
विराटनगर । कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले बढ्दो सवारी दुर्घटना न्यूनीकरण गर्न जनचेतनामूलक कार्यक्रम सञ्चालन गर्नुपर्ने बताउनुभएको छ ।

कोशी प्रदेशमा सुरु भएको ट्राफिक सप्ताह २०८० को समुद्घाटन कार्यक्रममा मुख्यमन्त्री कार्कीले वर्षेनी हुने सडक दुर्घटनाका कारण मुलुकले ठूलो मानवीय र भौतिक क्षति व्यहोर्नु परेको दृष्टान्त प्रस्तुत गर्नुभयो ।
यातायात व्यवसायी, सवारी चालक, ट्राफिक प्रहरी, नेपाल प्रहरी लगायतका सरोकारवालाहरूबिच आपसी सहकार्य गरी काम गर्न सके दुर्घटनाबाट हुने मानवीय र भौतिक क्षति रोक्न सकिने उहाँको भनाइ छ ।
उहाँले अघिल्ला वर्षहरूको तुलनामा चालू वर्षमा कोशी प्रदेशमा सडक दुर्घटनाको सङ्ख्यामा कमी आएको दृष्टान्त प्रस्तुत गर्दै आगामी वर्षमा शुन्यमा झार्नुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री कार्कीले आजै आर आर एन नामक एक गैर सरकारी संस्थाबाट सञ्चालित जलवायुजन्य विपद् जोखिमप्रति समुदायको उत्थानशील सुदृढीकरण परियोजनाको उद्घाटन गर्दै कोशी प्रदेशमा ३८ भन्दा बढी प्रकोपको जोखिम रहेको अवगत गराउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्