तपाईँ सुन्दै हुनुहुन्छः

सभामुखसहित तीन दलका शीर्ष नेताबीच छलफल जारी

काठमाडौँ। सभामुख देवराज घिमिरे र प्रमुख तीन दलका शीर्ष नेताहरुबीचको छलफल सुरु भएको छ ।

केहि बेरअघि सिंहदरवारमा सुरु भएको छलफलमा सभामुख घिमिरेसहित प्रधानमन्त्री पुष्पकमल दाहाल, एमाले अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा हुनुहुन्छ ।

संसदीय समितिका सभापति चयन र संसद्लाई अझ प्रभावकारी बनाउने विषयमा सभामुखले शीर्षनेतासँग छलफल गर्न लाग्नुभएको हो ।

गत वैशाख १५ गते प्रतिनिधिसभाका १० विषयगत समिति गठन भएको थियो । समिति गठन भएको दुई सातापछि गत जेठ २ गते एकसाथ ती समितिको बैठक सुरु भएको थियो । तर सभापति चयन हुन नसक्दा समितिले विधेयकमाथि छलफल गर्न सकेका छैनन् ।

प्रमुख दलका प्रमुख सचेतक, कार्यव्यवस्था परामर्श समितिको बैठक तथा अनौपचारिक छलफलमा पटक–पटक सभापति चयन गर्न समयसीमा नै तोक्दा पनि दलले प्रयत्न नगरेपछि सभामुख घिमिरेले शीर्षनेताहरूलाई बोलाउनुभएको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button