तपाईँ सुन्दै हुनुहुन्छः

प्रस्तावित प्रधानन्यायाधीश कार्कीको संसदीय सुनुवाइ सुरु

काठमाडौं । संसदीय सुनुवाई समितिमा प्रस्तावित प्रधानन्यायाधीश हरिकृष्ण कार्कीसँग छलफल सुरु भएको छ ।

प्रस्तावित प्रधानन्यायाधीश बिहान ८ बजे नै समितिको वैठकमा उपस्थित हुनु भएको हो । समितिका सदस्यहरु समक्ष कार्कीले आफ्ना योजनाहरु प्रस्तुत गर्नुभएको छ । समितिका सदस्यहरुले उहाँविरुद्ध परेका उजुरीहरुका सम्बन्धमा प्रश्न गर्ने क्रम चलिरहेको छ ।

समितिमा कार्कीविरुद्ध २९ वटा उजुरी परेका छन् । समितिले बुधबार उजुरीकर्ताहरुसँग छलफलको औपचारिकता पूरा गरेपछि कार्कीलाई बिहीबार समितिमा बोलाएको हो । कार्कीसँगको सुनुवाइ सकिएपछि समितिले बिहीबार नै सिफारिस अनुमोदन गर्नसक्ने बुझिएको छ ।

त्यसपछि राष्ट्रपति रामचन्द्र पौडेलले उहाँलाई प्रधानन्यायाधीश नियुक्त गर्नु हुने छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button