तपाईँ सुन्दै हुनुहुन्छः

पोखरामा यो वर्षकै उच्च तापक्रम मापन 

कास्की । पोखरामा यो वर्षकै उच्च तापक्रम मापन भएको छ । जल तथा मौसम विज्ञान कार्यालय पोखराका अनुसार शुक्रवार पोखराको तापक्रम ३५ दशमलव ७ डिग्री सेल्सियस पुगेको हो । कार्यालयका मौसम सहायक सरोज अधिकारीका अनुसार  सन् २०२३ को अहिलेसम्म पोखराको तापक्रम उच्च पुगेको  बताउनु भयो । 

तापक्रम उकालो लागेपछि पोखरामा दिउँसोको समयमा मुख्य/मुख्य बजारमा चहलपहल घटेको छ भने जनजीवन पनि प्रभावित भएको छ । अझै केही दिन पानी पर्ने सम्भावना कम भएकाले तापक्रम अझै बढ्ने सक्ने अनुमान गरिएको छ । 

यसअघि सन् १९७५ अप्रिल ८ र १९९२ को अप्रिल २२ मा पोखराको तापक्रम ३७.४ डिग्री पुगेको थियो । गर्मी बढेपछि पोखरा आसपासका खोलानाला र बजारभित्रका स्विमिङ पुलमा रमाउनेहरूको सङ्ख्या बढेको व्यवसायीले बताएका छन् । 

default

प्रतिक्रिया राख्नुहोस्

Back to top button