तपाईँ सुन्दै हुनुहुन्छः

पूर्व राज्यमन्त्री चौधरीको निधन 

दाङ । नेकपा एमालेका नेता महेश चौधरीको निधन भएको छ। बुधबार मध्यान्ह दाङस्थित राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठान घोराहीमा उपचारको क्रममा निधन भएको हो । 

केही महिना अगाडि काठमाडौँको बानेश्वरस्थित भेनस अस्पतालमा उहाँको हर्नियाँको अपरेशन गरिएको थियो। उपचारपछि दाङ फर्किएका चौधरीको केही दिन यता खुट्टा चल्न छाडेको थियो।

गएराति स्वास्थ्य अवस्था बिग्रिएपछि उहाँलाई अस्पताल लगिएको थियो। उहाँलाई आइसियुमा राखिएको थियो। उपचारको क्रममा चिकित्सकले आज मृत घोषणा गरेको उहाँका छोरा सुशील चौधरीले जानकारी दिनुभयो ।

उहाँ स्थानीय विकास राज्यमन्त्री र संविधान सभा सदस्य समेत हुनुभएको थियो । साथै उनी २०४८ सालमा राष्ट्रिय सभा सदस्य बन्नुभएको थियो । ६ वर्ष राष्ट्रिय सभा सदस्य भएपछि २०५४ सालमा उहाँ स्थानीय विकास राज्य मन्त्री हुनुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button