तपाईँ सुन्दै हुनुहुन्छः

पर्वतको अर्मादीमा एक्साभेटरमा आगजनी

पर्वत । पर्वतको कुश्मा नगरपालिका –४ अर्मादीमा एक्साभेटरमा आगजनी गरिएको छ । कालीगण्डकी करिडोर बिस्तार गर्दै आएको डोजरमा गएराती आगजनी गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ ।

करिडोरको पर्वत खण्ड बिस्तार गर्न ठेक्का लिएको सूर्य कन्ट्रक्सन प्रालिको एक्साभेटरमा आगजनी गरिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक श्यामु अर्यालले जानकारी दिनुभयो ।

प्रहरीको टोली पुगेर आगो निभाएकाले केही भाग जलेर नष्ट भएपनि एक्साभेटर पूर्ण रुपमा जल्नबाट जोगिएको छ । आगो कस्ले लगाएको भन्ने कुरा खुल्न सकेको छैन । प्रतिबन्धित नेत्रबिक्रम चन्द (बिपल्ब) समूहले आगो लगाएको आशंका गरेपनि पुष्टि हुन नसकेको अर्यालले बताउनुभयो । घटनाका सम्बन्धमा बिस्तृत रुपमा अनुसन्धान गरिरहेको उहाँले बताउनुभयो ।

कालगिण्डकी करिडोरको लमाएखोलादेखि अर्मादी खण्डमा ट्रयाक खोल्न थालिएको छ । सडक बिस्तारको क्रममा एक्साभेटरमा आगजनी गरिएकाले सुरक्षा खतरा देखिएको निर्माण पक्षले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button