तपाईँ सुन्दै हुनुहुन्छः

कोभिड –१९ संकट व्यवस्थापन विधेयक फिर्ता गर्ने निर्णय

काठमाडाैं । राष्ट्रियसभाको विधायन व्यवस्थापन समितिको बैठकले कोभिड –१९ संकट व्यवस्थापन विधेयक २०७८ फिर्ता गर्न राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने निर्णय गरेको छ ।

समितिको आज संसद सचिवालय सिंहदरबारमा बसेको बैठकले सबै खाले महामारी र संक्रामक रोगहरूको व्यवस्थापन गर्ने विस्तृत प्रकृतिको छुट्टै विधेयक तर्जुमाको क्रममा रहेकाले कोभिड –१९ संकट व्यवस्थापन विधेयक फिर्ता दिने सम्बन्धमा राष्ट्रियसभामा प्रतिवेदन पेस गर्ने निर्णय सर्वसम्मतिले गरेको हो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button