आजदेखि भारतका विभिन्न तीन सहरमा नेपाल प्रवर्द्धन कार्यक्रम

भद्रपुर, झापा । नेपालको कोशी प्रदेशसँग छोटो दूरीमा रहेका पूर्वोत्तर भारतका विभिन्न तीन सहरमा ‘नेपाल प्रवर्द्धन कार्यक्रम २०२३’ हुने भएको छ ।
कोशी प्रदेशसहित नेपालमा भारतीय पर्यटक भित्र्याउने उद्देश्यसहित तीन सहरमा कार्यक्रम हुन लागको हो ।
नेपाल पर्यटन बोर्डको आयोजना तथा नेपाल एसोसिएसन अफ टुर एन्ड ट्राभल एजेन्ट्स (नाट्टा) कोशी प्रदेशको सह आयोजनामा आज जेठ ८ गतेदेखि १३ गतेसम्म यो कार्यक्रम सञ्चालन हुनेछ ।
भारतको सिलिगुढी, असमको गुवाहटी र मेघालयको सिलोङमा नेपाल प्रवर्द्धन कार्यक्रम गरिन लागिएको नाट्टा कोशी प्रदेश अध्यक्ष उदयकुमार श्रेष्ठले जानकारी दिनुभयो । उहाँले ती सहरमा रहेका ट्राभल एजेन्सी, ठूला होटल सञ्चालक, कर्मचारी, विभिन्न व्यवसाय, शिक्षा, स्वास्थ्य क्षेत्रमा आबद्ध व्यक्तिहरूसँग बिजनेस टु बिजनेस कार्यक्रम गरिने बताउनुभयो ।
नेपालबाट टुरिज्म बोर्डका अधिकृत गोपाल भण्डारी तथा ट्राभल्स व्यवसायीहरूको सहभागिता रहने ती कार्यक्रममा भारतीय पर्यटकलाई कोशी प्रदेशमा रहेका धार्मिक तथा पर्यटकीय क्षेत्रका विषयमा जानकारी प्रदान गर्दै उनीहरुलाई ती क्षेत्र घुम्न आग्रह गर्ने नाट्टा कोशी प्रदेशका महासचिव नवीन खरेलले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्