तपाईँ सुन्दै हुनुहुन्छः

शैक्षिक गुणस्तर उकास्न रामग्राममा दिल्लीबाट प्रशिक्षक ल्याइँदै

नवलपरासी । चालु शैक्षिक सत्रमा पश्चिम नवलपरासीका विद्यालयको शैक्षिक अवस्था सन्तोषजनक देखिएन । ४ वटा नगरपालिका र ३ वटा गाउँपालिका रहेको जिल्लामा कक्षा ८ को परीक्षामा जिल्लाभरका विद्यालयबाट २८ प्रतिशतमात्र विद्यार्थी उत्तीर्ण भएका छन् । भने रामग्राम नगरपालिकामा न्युन विद्यार्थी उत्तीर्ण भएका छन् ।

सरकारले शिक्षा क्षेत्रमा करोडौँ लगानी खर्चिएपनी अपेक्षित नतिजा हासिल हुन सकिरहेको छैन ।जिल्लाको शैक्षिक गुणस्तरमा यतिबेला प्रश्न चिन्ह खडा भएको छ भने जिल्लाका स्थानीय निकाय देखि सरोकारवालालाई झकझक्याएको छ ।सबै भन्दा दयनीय अवस्था रामग्राम मा देखिएको छ।शैक्षिक गुणस्तर उकास्न नगरपालिकाले विभिन्न कार्यक्रम सँगै सामुदायिक विद्यालयका लागि बर्षेनि बजेट बिनियोजन गरेपनी प्राथमिक तहको नतिजा अपेक्षित रहन सकेन ।

सोही कुरालाई मध्यनजर गर्दै नगरपालिकाले सामुदायिक विद्यालयका शिक्षकहरूलाई दुई दिने तालिमका लागि दिल्ली बाट दक्ष प्रशिक्षक ल्याउने भएको हो ।शिक्षण सिकाइलाई कसरी प्रभावकारी बनाउन सकिन्छ र विद्यार्थीहरूको लगावलाई कसरी केन्द्रीकृत गर्न सकिन्छ भन्ने मूलभूत कुराहरूका बारेमा शिक्षकहरूलाई प्रशिक्षण दिइने नगर प्रमुख धनपत यादवले जानकारी दिनुभयो ।भारतको दिल्लीमा विद्यार्थीहरूका लागी पाठ्यक्रममा ‘हेप्पी शिक्षा’ कार्यक्रम प्रभावकारी रहेको बताउँदै नगरप्रमुख यादवले त्यहाँको सिकाइको बारेमा यहाँका शिक्षकहरूमा जानकारी गराई शैक्षिक गुणस्तर उकास्ने प्रयत्न रहेको उहाँको भनाई छ । नतिजा अपेक्षित रहेन यो कुरामा हामी अत्यन्तै गम्भीर छौ त्यसैले आगामी बजेटमा शिक्षालाई प्राथमिकतामा राख्ने यादवले बताउनु भयो ।

नगरपालिकाले चालु आर्थिक वर्षमा शिक्षा क्षेत्रमा रु २२ करोड बिनियोजन गरेको नगर शिक्षा अधिकृत सुन्दर खनालले जानकारी दिनु भयो ।नगरपालिकामा ३२ वटा सामुदायिक विद्यालय रहेका छन् ।सबै विद्यालयलाई प्रविधि मैत्री बनाउन सोही अनुरूपमा योजना अघि बढाइरहेको खनालले बताउनुभयो ।नगरपालिकाले सङ्घीय सरकारले उपलब्ध गराउँदै आइरहेको दिवा खाजामा प्रोत्साहन स्वरूप प्रती विद्यार्थी रु १० रुपैयाँ उपलब्ध गराउँदै आइरहेको छ।यसले विद्यार्थीको सङ्ख्या समेत बढेको शिक्षकहरू बताउँछन्।

प्रतिक्रिया राख्नुहोस्

Back to top button