मुभ फरवार्ड थाइल्याण्डको प्रतिनिधिसभाकाे सबैभन्दा ठूलो पार्टी

काठमाडौं । थाइल्याण्डमा आइतबार सम्पन्न आम निर्वाचनको नतिजा सार्वजनिक भएको छ ।
नतिजाका अनुसार युवा ४२ वर्षीय नेता पिता लिमजारोयनरात नेतृत्वको पार्टी मुभ फरवार्ड १५२ सिट सहित सबैभन्दा ठूलो पार्टी भएको छ ।
५०० सिट भएको थाइल्याण्डको प्रतिनिधिसभामा कुनै पार्टीले पनि स्पष्ट बहुमत नपाए पनि अबको सरकार मुभ फरवार्डको नेतृत्वमा हुने प्रवल सम्भावना रहेको अन्तर्राष्ट्रिय समाचार माध्यहरूले जनाएको छन् ।
राजतन्त्रलाई संवैधानिक दायरा भित्र राख्ने, सेनालाई राजनीतिबाट बाहिर राख्ने, सामाजिक न्याय लगायतका मुद्दा बोकेको मुभ फरवार्ड पार्टी थाइल्याण्डका युवा माझ लोकप्रिय रहेको छ ।







प्रतिक्रिया राख्नुहोस्