तपाईँ सुन्दै हुनुहुन्छः

प्रधानमन्त्रीद्वारा ‘जिउँदो शहीद’ कायस्थको निधनप्रति समवेदना व्यक्त

काठमाडौं । प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो शहीद’ मुकेश कायस्थको निधनप्रति समवेदना व्यक्त गर्नुभएको छ ।

प्रधानमन्त्री प्रचण्डले सामाजिक सञ्जाल फेसबुकमार्फत समवेदना व्यक्त गर्नुभएको हो ।

उहाँले फेसबुकमा लेख्नुभएको छ, ‘दोस्रो जनआन्दोलनका घाइते ‘जिउँदो सहिद’ मुकेश कायस्थको असामयिक निधनप्रति दुःख व्यक्त गर्दै भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु । शोक सन्तप्त परिवार, आफन्त र शुभेच्छुकहरूमा गहिरो समवेदना प्रकट गर्दछु ।’

कायस्थको उपचारका क्रममा बुधबार राति ८ बजे निधन भएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button