तपाईँ सुन्दै हुनुहुन्छः

चार भारतीयको इलाममा पुरिएर मृत्यु

इलाम । घरको जग  खन्ने क्रममा  पुरिएर इलाममा ४ जनाको मृत्यु भएको छ ।सूर्योदय नगरपालिका १० फिक्कलका विनोद श्रेष्ठको नयाँ बनाउँदै गरेको घरको जग खन्ने क्रममा हिजो साँझ चार जना  भारतीय कामदारको मृत्यु भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायव उपरिक्षक जितेन्द्र कुमार बस्नेतले जानकारी दिनु भएको छ । 

मृत्यु हुनेमा भारतको बिहार स्थित किसनगञ्ज डिगलबैंक ५ बस्ने  तोसिब आलम, अजि मोदिन, मुजाफर आलम र अब्दुल आलम रहेका छन् ।

प्रहरीका  अनुसार मृत्यु हुने चारै कामदार  १८ देखि २० वर्ष उमेरका रहेका छन् । उनीहरू अपराह्न पौने ५ बजेर ५० मिनेटको समयमा पुरिएका थिए।  पुरिएका सबैलाई उद्धार गरी फिक्कल हस्पिटल पुर्‍याइए पनि बाटोमै सबैको मृत्यु भइसकेको  प्रहरीले जनाएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button