तपाईँ सुन्दै हुनुहुन्छः

यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक : मुख्यमन्त्री कार्की

विराटनगर । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले यातायात क्षेत्रलाई व्यवस्थित बनाउन आवश्यक रहेको बताउनुभएको छ ।

आन्तरिक मामिला तथा कानून मन्त्रालय कोशी प्रदेशद्वारा आयोजित ‘सार्वजनिक यातायातको क्षेत्रमा डिजिटलाइजेशन’ सम्बन्धी अन्तरक्रिया कार्यक्रममा उहाँले प्रदेशमा राजस्वको धेरै ठूलो क्षेत्र बोकेको यातायातलाई व्यवस्थित गर्न डिजिटलाइजेशन हुनु आवश्यक रहेको बताउनुभयो ।

उहाँले समयसापेक्ष यातायात क्षेत्रलाई सुधार गर्न नसके अपेक्षित लाभ लिन नसकिने भन्दै प्रदेशमा यातायातको रुट निर्धारण र नियमन पनि प्रदेश सरकारको जिम्मेवारीभित्र पर्ने धारणा राख्नुभयो ।

मन्त्रालयका सचिव उमेश बस्नेतको अध्यक्षतामा भएको कार्यक्रममा इटहरी उपमहानगरपालिकाका प्रमुख हेमकर्ण पौडेल, मेचीनगर नगरपालिकाका प्रमुख गोपालचन्द्र बुढाथोकी, प्रदेशसभाका पूर्व सदस्य एवं यातायात व्यवसायी श्रीप्रसाद मैनाली लगायतले डिजिटलाइजेशनको पक्षमा बोल्नुभएको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button