कानून निर्माण प्रक्रियालाई तीव्रता दिन्छु : मन्त्री गुरुङ
काठमाडौँ । नवनियुक्त कानून, न्याय तथा संसदीय मामिलामन्त्री धनराज गुरुङले कानून निर्माणको प्रक्रियालाई तीव्रता दिने बताउनुभएको छ ।
शपथ ग्रहणपछि मन्त्रालयमा पदभार ग्रहण गर्दै उहाँले निर्माण गर्ने क्रममा रहेका र नयाँ निर्माण गर्नुपर्ने कानूनलाई प्राथमिकताका साथ अगाडि बढाउने बताउनुभयो ।
उहाँले आफू स्वतन्त्र न्यायालयप्रति प्रतिबद्ध रहेको भन्दै न्याय प्रणालीलाई छिटो छरितो बनाउने विषयमा सदा ध्यान दिएर काम गर्ने बताउनुभयो ।







प्रतिक्रिया राख्नुहोस्