तपाईँ सुन्दै हुनुहुन्छः

साँढे ८ अर्बको खजुर र भटमासको तेल निर्यात

वीरगञ्ज । वीरगञ्ज भन्सार नाकाबाट पछिल्लो ५ महिनामा साँढे ८ अर्ब मुल्य भन्दा बढीको खजुर र भटमासको तेल भारत निर्यात भएको छ ।

विगतमा सर्वाधिक निकासी हुने बस्तुमा डाबर नेपालको उत्पादन जुस, जाम तथा स्पोर्ट्स सुज रहदै आएकोमा गत वर्ष देखि भारत सरकारले खजुर र भटमासको तेलको निकासीमा लगाएको प्रतिबन्ध फुकुवा गरेसंगै विदेशबाट कच्चा तेल मगाएर नेपालमा प्रशोधन गरी स्वदेशी उद्योगले धमाधम भारतमा खजुर र भटमासको तेल निर्यात गर्न थालेका छन् ।

जस कारण चालु आर्थिक वर्षमा खजुर र भटमासको तेल वीरगञ्ज नाकाबाट भारत निर्यात हुने पहिलो र दोश्रो बस्तुको रुपमा रहेको वीरगञ्ज भन्सार कार्यालयका प्रवक्ता विमल कुमार साहले बताउनु भयो ।

चालु आर्थिक वर्षको मंसिर सम्म ६ अर्ब ७४ करोड रुपैया बराबरको ६ करोड ५४ लाख ३९ हजार लिटर खजुरको तेल वीरगञ्ज नाका हुदै भारत तर्फ निकासी भएको छ ।

त्यस्तै, यस अवधीमा १ अर्ब ८४ करोड रुपैया बराबरको १ करोड ४५ लाख लिटर भटमासको प्रशोधित तेल भारत निकासी भएकोे छ ब्राजिल, अर्जेन्टिना, युक्रेन, इन्डानेशिया लगायतका मुलुकबाट खजुरको कच्चा तेल आयात गरि प्रशोधन गरेर भारत निर्यात भएको हो भने भटमासको कच्चा तेल अष्टे«लिया, क्यानाडा तथा विभिन्न युरोपेली मुलुकबाट आयात गरी नेपालमा प्रशोधन गरेर पुनः भारत तर्फ निर्यात हुने गरेको वीरगञ्ज भन्सारले जनाएको छ ।

पाम आयलको निकासीमा भएको वृद्धिले नेपालको भारत तर्फको निर्यातको ग्राफमा पनि उल्लेख्य सुधार भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button