तपाईँ सुन्दै हुनुहुन्छः

मिटर ब्याज पीडितलाई उजुरी दिन डडेल्धुरा प्रशासनको आग्रह

डडेल्धुरा । जिल्ला प्रशासन कार्यालय डडेलधुराले मिटर ब्याज पीडितलाई उजुरी दिन आग्रह गरेको छ । 

प्रशासनले एक सूचना जारी गर्दै मिटर ब्याज पीडितहरूलाई भोलि (आइतबार) १७ गतेदेखि ३१ गतेसम्म उजुरी दिन आग्रह गरेको हो ।

अनुचित लेनदेन (मिटर ब्याज) सम्बन्धी जाँचबुझ आयोगले पीडितका लागि निवेदन पेस गर्न आह्वान गरेपछि जिल्ला प्रशासन कार्यालय डडेलधुराले पनि सहयोगका लागि आग्रह गरेको छ । 

सबै स्थानीय तह, जिल्ला प्रहरी कार्यालय र सञ्चारमाध्यमलाई परिपत्र गर्दै प्रशासनले मिटर ब्याज पीडितलाई निवेदन पेश गर्नका लागि सहयोग गरिदिन आग्रह गरेको छ । 

नेपाल सरकारको चैत २० गतेको निर्णयअनुसार गठित जाँचबुझ आयोगले प्रारम्भिक काम गरिरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button