तपाईँ सुन्दै हुनुहुन्छः

नेपालमा कोरोना सङ्क्रमणबाट थप एक जनाको मृत्यु

काठमाडौं । नेपालमा कोरोना सङ्क्रमित थप एक जनाको मृत्यु भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार आज उपचारका क्रममा एक जनाको मृत्यु भएको हो ।

आज एक हजार दुई सय ३८ जनामा गरिएको परीक्षणमा ५१ जनामा कोरोना सङक्रमण पुष्टि भएको छ । उपचारपछि आज ३५ जना निको भएर घर फर्किएका छन् । सक्रिय सङ्क्रमित तीन सय ६१ जना छन् ।

यस्तै संस्थागत आइसोलेसनमा २७, सघन उपचार कक्ष (आइसीयू)मा आठ र भेन्टिलेटरमा एक जना उपचारत छन् । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button