तपाईँ सुन्दै हुनुहुन्छः

राष्ट्रपति पौडेलको स्वास्थ्यमा क्रमिक सुधार

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्यमा क्रमिक सुधार आएको छ । 

भारतको नयाँ दिल्लीस्थित नेपाली दूतावासका अनुसार उहाँको स्वास्थ्यमा क्रमिक सुधार देखिएको छ । 

राष्ट्रपति पौडेलको नयाँदिल्लीस्थित अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)मा उपचार भइरहेको छ । 

उपचारमा संलग्न चिकित्सकलाई उद्धृत गर्दै दूतावासले उहाँको स्वास्थ्य परीक्षणको रिपोर्ट सकारात्मक आएको र केही रिपोर्ट भने अझै आउन बाँकी रहेको जानकारी दिएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button