तपाईँ सुन्दै हुनुहुन्छः

गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेसका पाण्डे नियुक्त, शपथ भोलि हुने

पोखरा । गण्डकी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता सुरेन्द्रराज पाण्डे नियुक्त हुनुभएको छ । 

प्रदेश प्रमुख पृथ्वीमान गुरुङले संविधानको धारा १६८ को उपधारा २ बमोजिम मङ्गलवार सरकार गठनका लागि आव्हानका गर्नुभएको थियो । सोही उपधारा बमोजिम दुई वा दुईभन्दा बढी दलको समर्थनमा बहुमत जुटाएर प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएका प्रदेशसभा सदस्य पाण्डेलाई आज प्रदेश प्रमुख गुरुङले मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । 

पाण्डे गण्डकी प्रदेशको चौथो मुख्यमन्त्री हुनुभएको छ ।

६० सदस्यीय गण्डकी प्रदेशसभामा कांग्रेसका २७, एमालेका २२, माओवादीका ८, राप्रपाका २ र १ स्वतन्त्र सांसद छन् । 

कांग्रेस र माओवादीका सांसदको समर्थन लिएर पाण्डेले मुख्यमन्त्रीमा दाबी पेस गर्नुभएको थियो । 

नवनियुक्त मुख्यमन्त्री पाण्डेले भोलि पद तथा गोपनीयताको शपथ लिने कार्यक्रम तय भएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button