तपाईँ सुन्दै हुनुहुन्छः

सञ्चारसम्बन्धी समस्या चाँडो समाधान गर्छौँ : मन्त्री शर्मा

देउखुरी । नेपाल सरकारका प्रवक्ता एवम् सञ्चार तथा सूचना प्रविधि मन्त्री रेखा शर्माले सञ्चारसम्बन्धी समस्या चाँडै समाधान गर्ने बताउनुभयो । 

प्रेस सेन्टर दाङले आज घोराहीमा आयोजना गरेको पत्रकार सम्मेलनमा मन्त्री शर्माले सरकार कानुन निर्माणका विषयमा गम्भीर रहेको बताउनुभयो । “नीति तथा बजेट बनाउने तयारीमा छौँ, कम लगानीमा बढी प्रतिफल दिने योजनाका बारेमा छलफल भइरहेको छ”, उहाँले भन्नुभयो ।  

मन्त्री शर्माले दाङमा सञ्चार नेटवर्कको समस्या भएको ठाउँको पहिचान गर्ने तथा सञ्चार सम्बद्ध समस्याको समाधान गर्ने तयारीमा सरकार रहेको बताउनुभयो । “सार्वजनिक, सामाजिक स्थान र सरकारी विद्यालयमा सञ्चारको पहुँच पु¥याउन पहल भइरहेको छ ”, उहाँले भन्नुभयो ।  

मन्त्री शर्माले घोराही–तुलसीपुर चार लेन सडक आयोजनाको काम नयाँ ढङ्गबाट थालनी गर्ने प्रक्रिया अघि बढेको जानकारी दिनुभयो । सरकारले बजेटको सिलिङ घटाएर कम लगानीमा बढी प्रतिफल दिने योजनालाई प्राथमिकतामा राख्न खोजेको उहाँको भनाइ थियो । 

“अनुत्पादक क्षेत्रमा बजेट खर्च हुँदा राज्यलाई व्ययभार बढेको छ, नागरिकलाई लाभ हुने आयोजनामा मात्र सरकारले ध्यान केन्द्रित छ”, उहाँले भन्नुभयो । सङ्क्रमणकालीन न्यायलाई टुङ्गोमा पुर्‍याउन, सीमा समस्या समाधान गर्न, राज्यको शासन प्रणाली व्यवस्थित बनाउने सवालमा  सर्वदलीय सहमति जुटाउने गरी काम भइरहेको मन्त्री शर्माले बताउनुभयो । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button