विद्यार्थीको चाप बढेपछि सामुदायिक विद्यालयमा प्रवेश परीक्षा

पाँचथर । अहिले देशै भरी सामुदायिक विद्यालयमा विद्यार्थी भर्ना गर्ने अभियान चलिरहेको छ । सामुदायिक विद्यालयमा विद्यार्थी नपाएर विभिन्न योजनाहरू सञ्चालनमा ल्याएपनी विद्यार्थी सङ्ख्या न्युन रहेको भेटिन्छ ।
पाँचथरको फिदिममा रहेको सामुदायिक विद्यालयमा भने विद्यार्थीको चाप बढेपछि विद्यार्थी भर्ना गराउन प्रवेश परीक्षा नै गर्नुपरेको छ ।
फिदिम नगरपालिका १ मा रहेको एक मात्र माध्यमिक विद्यालय फिदिम मा.वि.मा चालु शैक्षिक सत्रमा विद्यालय भर्ना हुन आउने विद्यार्थी अत्यधिक भएपछि बुधबार प्रवेश परीक्षा लिइएको हो । अन्य विद्यालय बाट आएको १ सय ७७ जना विद्यार्थी भर्ना गर्ने योजनामा रहेकोमा ३ सय बढी विद्यार्थीले आवेदन दिएपछि परीक्षा गराइएको प्रधानाध्यापक विनोद ठाकुरले जानकारी दिनुभयो ।

यस विद्यालयमा के.जी. देखी १२ कक्षा सम्म अङ्ग्रेजी र नेपाली दुवै माध्यममा पढाई हुँदै आएको छ । २०७६ सालदेखि कक्षा ९ देखी १२ सम्म इन्जिनियरिङ विषय पढाई हुँदै आएको छ ।
प्रवेश परीक्षा लेख्ने प्रायजसो विद्यार्थी नगरपालिका स्थित संस्थागत विद्यालयका छन् । संस्थागत विद्यालयले दक्ष शिक्षक नराखेको र विभिन्न छात्रवृत्तिको लागी सामुदायिक विद्यालयमा पढेको विद्यार्थीलाई प्राथमिकता दिने मानसिकताले विद्यालयमा भर्ना गर्न जोड दिएको अभिभावकले बताएका छन् ।
वि.सं २००६ सालमा स्थापना भएको यस विद्यालय कोशी प्रदेशकै उत्कृष्ट सामुदायिक विद्यालयको रुपमा पुरस्कृत भइसकेको छ ।








प्रतिक्रिया राख्नुहोस्