तपाईँ सुन्दै हुनुहुन्छः

अस्ट्रेलियामा भएको आईटीएफ़ ताईक्वानडो प्रतियोगितामा काभ्रेली खेलाडीलाई विभिन्न अवार्ड

काभ्रेपलाञ्चोक । अस्ट्रेलियाको मेलबर्नमा भएको आईटीएफ़ थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगितामा नेपालका खेलाडीहरूले विभिन्न पदक जितेका छन् ।

ताईक्वानडो आईटीएफ़ नेपालका संस्थापक अध्यक्ष काभ्रेका लक्ष्मण बस्नेतले मास्टर टाइटल प्राप्त गर्नुभएको छ ।

उहाँले दुई हप्ताको विशेष तालीम पश्चात् गत अप्रिल १७ तारिकमा बेलायतको लण्डनस्थित आईटीएफ़ सेन्टरमा आईटीएफ़ भाइस प्रेसिडेन्ट ग्राण्डमास्टर ट्रेवर निकोल्सले लिनुभएको परीक्षामा उत्तीर्ण भई मास्टर टाइटल प्राप्त गर्नुभएको हो ।

बिगत ३५ वर्षदेखी लगातार ताईक्वानडो खेल विकासमा लागिरहनु भएका बस्नेतले विभिन्न राष्ट्रिय, अन्तर्राष्ट्रिय तथा विश्व ताईक्वानडो प्रतियोगितामा समेत विभिन्न पदक जितिसक्नुभएको छ ।

उक्त ग्रेडिङ पश्चात् ताईक्वानडो आईटीएफ़ नेपालका खेलाडी काभ्रेकै गायजी खडकाले इन्डीभिजुअल स्पेयरिंग माइक्रो वेट्मा रजत पदक हात पार्नुभएको छ। यही अप्रिल २२, २३ मा (वैशाख ९ र १० गते) अस्ट्रेलियाको मेलबर्नमा सम्पन्न भएको थर्ड ग्लोबल ताईक्वानडो प्रतियोगितामा अष्ट्रेलियन खेलाडी केभिन क्वाचलाइ फाइनलमा पराजित गर्दै खड्काले उक्त पदक जित्नुभएको हो ।

उक्त प्रतियोगिता पश्चात् आयोजना भएको ‘आईटीएफ़ हल अफ फेम’मा मास्टर लक्ष्मण बस्नेतले ईन्टरनेसनल एम्बेसडर अवार्ड, गायजी खडकाले इंडोमेटिएबल स्प्रिंट अवार्ड र नेपालकै सस्मन बस्नेतले आउट स्ट्यान्डिंग ऐथलेट अवार्ड प्राप्त गर्नुभएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button