विदेशी लगानी र प्रविधि भित्राउन सरकार तत्पर : मन्त्री रिजाल

नवलपरासी । उद्योग वाणिज्य तथा आपूर्ति मन्त्री रमेश रिजालले विदेशी लगानी र प्रविधि भित्राउने वातावरण बनाउन सरकार सधैँ लागि परेको बताउनुभएको छ ।
गोल्छा ग्रुपले आज बाट कोरियन प्रविधिको सामुसङ टिभीको उत्पादन सुरु भएको समारोहमा बोल्दै मन्त्री रिजालले यस्तो बताउनु भएको हो । ‘कोरियाले नेपाली युवालाई रोजगारी दिने देखि नवीनतम प्रविधिको विकासमा वर्षौँ देखि सहयोग गर्दै आएको छ ।’उहाँले भन्नुभयो ,‘ नेपालमा नै कोरियाली प्रविधिको टेलिभिजन उत्पादनले ब्यापार घाटा घट्नुको साथै नेपालमा रोजगारी समेत बढ्ने छ । विदेशी प्रविधि भित्राउन आवश्यक पर्ने नीतिगत सुधार गर्न हामी प्रतिबद्ध छौ ।’
गोल्छा ग्रुपले कोरियाको सामुसङ कम्पनी सँगको सहकार्यमा नवलपरासीको रामग्राम नगरपालिका वडा नम्बर ११ मा उत्पादन गरेर विक्री वितरण सुरु गरेको छ
कार्यक्रममा रामग्राम नगरपालिकाका नगरप्रमुख धनपत यादवले नगर क्षेत्रमा लगानी मैत्री वातावरण बनाउन आफूहरू प्रतिबद्ध रहेपनी तिनतले सरकारको समन्वय अभावमा नीति बाझिने गरेको उल्लेख गर्नु भयो ।
गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छाको अध्यक्षतामा सम्पन्न उद्घाटन कार्यक्रममा नेपालका लागि कोरियन राजदूत चोङसुक पार्क ,सामुसङ कम्पनीका दक्षिण पूर्व एसियाका सिइयो जेबी पार्क , रामग्राम नगरपालिकाका प्रमुख धनपत यादव लगायत कम्पनीका प्रतिनिधिको सहभागिता थियो ।








प्रतिक्रिया राख्नुहोस्