वैदेशिक रोजगारीका नाममा पीडितले पाए ६ करोड क्षतिपूर्ति
सुनसरी । सुनसरीबाट वैदेशिक रोजगारीमा गएका र जान तयारीमा रहेकाहरूले ठगीमा परेको तथा अन्य कानुनी व्यवस्था अनुसार पीडितहरूले चार वर्षमा ६ करोड बढी रकम क्षतिपूर्ति बापत पाएका छन् ।

वैदेशिक रोजगारीका नाममा पीडित भएकाहरूले सुरक्षित आप्रवासन (सामी) कार्यक्रम सुनसरी मार्फत क्षतिपूर्ति बापतको रकम पाएका हुन् ।
इनरुवामा मङ्गलवार पत्रकार सँगको अन्तरक्रिया कार्यक्रममा संयोजक धिरज भट्टराईले दिनुभएको जानकारी अनुसार आप्रवासी स्रोत केन्द्र र अन्य निकायको समन्वयमा जिल्लाका पीडितहरूले २०७६ देखि हालसम्म ६ करोड ४० लाख ३५ हजार ५०० रुपैयाँ क्षतिपूर्ति बापत पाएका छन् ।
सुरक्षित आप्रवासन (सामी) कार्यक्रम वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित एवम् शोषणरहित बनाउन नेपाल सरकार र स्विटजरल्याण्ड सरकारबीच भएको द्विपक्षीय सम्झौता अनुरुप सञ्चालित छ ।
यस कार्यक्रमले आफ्ना कार्यक्रम सञ्चालन हुने ४ वटा स्थानीय तह भएको जनाएको छ । सामीका जिल्ला संयोजक धिरज भट्टराईका अनुसार इनरुवा नगरपालिका, धरान र इटहरी उपमहानगरपालिका र भोक्राहा नरसिंह गाउँपालिकाले संयुक्त समन्वय र व्यवस्थापनबाट कार्यक्रम सञ्चालन गरिरहेका छन् ।








प्रतिक्रिया राख्नुहोस्