तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ क्षेत्र नं. १ मा वाग्लेको अग्रता कायमै

तनहुँ । तनहुँ निर्वाचन क्षेत्र नं १ को उपनिर्वाचनमा हालसम्म २५ वटा वडाको मतगणना सकिएको छ । 

३६ हजार ४ सय ४३ मत गन्दा रास्वपा उम्मेदवार डा. स्वर्णिम वाग्लेले १८४६१ मत प्राप्त गरि अग्रता कायम गरिरहनु भएको छ । कांग्रेस उम्मेदवार गोविन्द भट्टराईले १०८१४ मत प्राप्त गर्नुभएको छ  भने एमाले उम्मेदवार सर्वेन्द्र खनालले ६०६८ मत प्राप्त गर्नुभएको छ ।

कुल ४२ वटा वडाबाट ६३ हजार ७५७ मत खेसेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button