तपाईँ सुन्दै हुनुहुन्छः

उपनिर्वाचन: बारा क्षेत्र नं.२ को मतगणना सुरु

बारा   । बारा क्षेत्र नं.२ को मतगणना सुरु भएको छ । 

कलैयास्थित शिक्षा तालिम केन्द्रमा दिउँसो १२ः४० बजे बाट मतगणना सुरु भएको हो । 

करैयामाई गाउँपालिका र सुर्वण गाउँपालिकाबाट मत गणना थालिएको जनाइएको छ । ती पालिकाका ६÷६ वटा मतपेटिका खोलिएको छ । 

यसअघि, मत गणना स्थलमा बस्ने उम्मेदवारका प्रतिनिधि समयमा नआउँदा मत गणनामा ढिलाइ भएको थियो ।

आइतबार भएको उपनिर्वाचनमा बारामा करिब ६५ प्रतिशत मतदान भएको छ । 

प्रतिक्रिया राख्नुहोस्

Back to top button