तपाईँ सुन्दै हुनुहुन्छः

तनहुँ मतगणना अपडेटः वाग्लेको मतान्तर बढ्दै ,पछ्याउँदै भट्टराई र खनाल

तनहुँ। तनहुँ क्षेत्र नम्बर १ मा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का उम्मेदवार डा स्वर्णिम वाग्लेले १३ हजार ७६९ मत गणना गर्दा दोब्बर बढी मतले अग्रता लिइरहनु भएको छ । पछिल्लो मतपरिणाम अनुसार वाग्लेले ७ हजार ६सय२५ मत प्राप्त गर्नुभएको छ ।

वाग्लेलाई पछ्याइरहनु भएका नेपाली कांग्रेसका उम्मेदवार गोविन्द भट्टराईले ३ हजार ४सय ७१ मत प्राप्त गर्नुभएको छ । भट्टराईलाई सत्ता गठबन्धनका दलहरुको समेत समर्थन रहेको छ ।

त्यसैगरी एमालेका उम्मेदवार सर्वेन्द्र खनाल २ हजार २सय १९मत पाउँदै तेस्रो स्थानमा रहनुभएको छ । गएरातिदेखि सुरु भएको तनहुँको मतगणना जिल्ला समन्वय समितिको कार्यालय दमौलीमा भइरहेको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button