युएइद्वारा सिंगापुर पराजित
काठमाडौं । काठमाडौँमा जारी एसियन क्रिकेट काउन्सिल (एसीसी) प्रिमियर कपमा युएइले सिंगापुरलाई पराजित गरेको छ ।
टियु मैदान कीर्तिपुरमा भएको खेलमा युएइले सिंगापुरलाई २ सय १ रनको फराकिलो अन्तरले पराजित गरेको हो ।
युएइले दिएको ४ सय ७२ रनको लक्ष्य पछ्याएको सिंगापुरले निर्धारित ५० ओभरमा ९ विकेट गुमाएर २ सय ७० रन मात्र बनायो । टस जितेर पहिले ब्याटिङ गरेको युएई अन्तिम बलमा अलआउट हुँदै ४ सय ७१ रन बनाएको हो ।








प्रतिक्रिया राख्नुहोस्