तपाईँ सुन्दै हुनुहुन्छः

पाल्पाको जोरधारमा बस दुर्घटना, एकको मृत्यु, ३५ घाइते

पाल्पा । सिद्धार्थ राजमार्ग अन्तरगत पाल्पा बुटवल खण्डको जोरधारामा आज बिहान बस दुर्घटना भएको छ । बुटवलबाट बागलुङको बुर्तिबाङतर्फ जाँदै गरेको लु १ ख ५९५६ नम्बरको बस बिहान सवा ९ बजे तिर दुर्घटना भएको हो ।

दुर्घटनामा परि एक जना महिलाको मृत्यु भएको छ । भने अन्य ३५ जना घाइते भएका छन् । घाइतेहरूको लुम्बिनी मेडिकल कलेज तानसेनमा उपचार भइरहेको जिल्ला प्रहरी कार्यालय पाल्पाका सूचना अधिकारी वीरेन्द्र थापाले जानकारी दिनुभयो । बस राजमार्गभन्दा करिब १०० मिटर तल भीरमा खसेको छ ।

मृतकको सनाखत भई सकेको छैन । अन्य थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ । बसमा सवार सबै यात्रुको उद्धार भइसकेको छ । घट्नाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button