तपाईँ सुन्दै हुनुहुन्छः

प्रक्रिया मिचेर काम नगर्न मुख्यमन्त्री शाहको निर्देशन

बैतडी । सुदूरपश्चिम प्रदेश सरकारका मुख्यमन्त्री कमल बहादुर शाहले स्थानीय तहका जनप्रतिनिधिहरूलाई प्रक्रिया मिचेर काम नगर्न निर्देशन दिनुभएको छ ।

बैतडी भ्रमणमा रहनुभएका मुख्यमन्त्री शाहले जनप्रतिनिधिहरूलाई पार्टीगत रुपमा विभेद नगर्न सुझाव दिनुभयो ।

उहाँले भन्नुभयो, ‘हरेक आयोजना आवश्यकताका आधारमा प्रक्रियागत ढंगले ल्याउनुस् । जनहितमा काम गर्नुस्, प्रदेश सरकार सधैँभरि तपाइँका योजनामा साथ दिन्छ । जनप्रतिनिधिले जनतालाई हामी सही मार्गमा छौँ भन्ने सन्देश दिनुपर्छ ।’

प्रतिक्रिया राख्नुहोस्

Back to top button