सडक दुर्घटनामा परी तीन जनाको मृत्यु
महोत्तरी । सडक दुर्घटनामा परी महोत्तरीमा पाँच वर्षीया बालिकासहित एकै परिवारका तीन जनाको मृत्यु भएको छ ।
माईस्थान–गौशाला–सम्सी सडकको गौशाला–१ मा बा३ख २३९६ नम्बरको यात्रुवाहक बस र मधेस प्रदेश ०१–००४–प ६८१९ नम्बरको मोटरसाइकल ठोक्किँदा मोटरसाइकलमा सवार तीन जनाको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।
मृतकहरू सिरहा कल्याणपुरका २६ वर्षीय अमृत मण्डल, अमृतकी पत्नी २४ वर्षीया अञ्जु मण्डल र पाँच वर्षीया भतिजी अंशु मण्डल रहेको प्रहरी नायब उपरीक्षक प्रदीपकुमार गिरीले जानकारी दिनुभयो ।
सिराहाबाट महोत्तरीको गौशाला हिँडेका मण्डल परिवार सवार मोटरसाइकल गौशालाबाट जनकपुरतर्फ गइरहेको बसमा ठोक्किएर दुर्घटना भएको हो ।
दुर्घटनामा परेका बस र मोटरसाइकल प्रहरीले नियन्त्रणमा राखेको छ । बसका चालक भने घटनालगत्तै फरार भएका प्रनाउ गिरीले बताउनुभयो ।








प्रतिक्रिया राख्नुहोस्