तपाईँ सुन्दै हुनुहुन्छः

युएईद्वारा कुवेत पराजित

काठमाडौँ । राजधानीमा जारी एसियन क्रिकेट काउन्सिल(एसीसी) प्रिमियर कपमा कुवेतलाई पराजित गरी युएईले प्रतियोगिताको सानदार सुरुआत गरेको छ । टियु मैदानमा भएको खेलमा युएईले कुवेतलाई १ सय ४३ रनले पराजित गरेको हो ।

युएईले दिएको ३ सय ७२ रनको लक्ष्य पछ्याएको कुवेत ३६ दशमलब ३ ओभरमा २ सय २८ रन बनाउँदै अलआउट भएको थियो । त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको युएईले ५० ओभरमा ६ विकेट गुमाएर ३ सय ७१ रन बनायो ।

फाइनल बाहेकका हरेक दिन दुवै मैदानमा समान १/१ खेल हुनेछ । जितसँगै युएई समूह बी मा २ अङ्कका साथ शीर्ष चौथो स्थानमा रहेको छ ।

हारबाट प्रतियोगिता सुरुआत गरेको कुवेत अङ्क तालिकाको चौथो स्थानमा रहेको छ ।

अर्को खेलमा ओमानले कतारलाई ४० रनले हराएको छ ।

मुलपानी मैदानमा भएको खेलमा ओमानले दिएको २५० रनको लक्ष्य पछ्याएको कतार ४७ दशमलव १ ओभरमा २०९ रन जोड्दा अलआउट भयो ।

त्यसअघि टस हारेर पहिला ब्याटिङ गरेको ओमानले निर्धारित ५० ओभरमा ८ विकेटको क्षतिमा २४९ रन बनायो ।

मुलपानीस्थित खेल मैदानमा पहिलो पटक अन्तर्राष्ट्रिय प्रतियोगिता सञ्चालन भइरहेको हो ।

एसियन क्रिकेट काउन्सिलको सहयोग तथा नेपाल क्रिकेट संघ क्यानको आयोजनामा वैशाख ५ गतेदेखि शुरु भएको प्रतियोगितामा १० टिम सहभागी छन् । जसलाई २ समूहमा विभाजन गरिएको छ ।

समूह ‘ए’ मा नेपाल, ओमान, कतार, मलेसिया र साउदी अरेबिया रहेका छन् । यस्तै समूह ‘बी’ मा युएई, हङकङ, कुवेत, सिंगापुर र बहराइन रहेका छन् ।

वैशाख १८ गतेसम्म सञ्चालन हुने प्रतियोगिताका खेलहरू कीर्तिपुरस्थित टियु मैदान र मुलपानीमा रहेको क्रिकेट मैदानमा खेल सञ्चालन भइरहेका छन् ।

कुल २४ खेल हुने प्रतियोगिताको फाइनल खेल वैशाख १८ गते टियु मैदानमा हुनेछ ।

। सेमिफाइनलका विजेता राष्ट्रले फाइनल खेल्ने छन् । फाइनलको विजेता टोली एसिया कपका लागि छनोट हुनेछ । एसिया कप आगामी सेप्टेम्बरमा आयोजना हुँदैछ । शीर्ष तीनमा रहने टोली एसीसी ईमर्जिङ कपका लागि छनोट हुनेछन् ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button