तपाईँ सुन्दै हुनुहुन्छः

युएईले कुवेतलाई जितको लागि  ३७२ रनको लक्ष्य दियो

काठमाडौँ । एसिसी प्रिमियर कप एकदिवसीय क्रिकेट प्रतियोगिताअन्तर्गत आज भएको आफ्नो पहिलो खेलमा  युएईले कुवेतलाई जितको लागि  ३७२ रनको लक्ष्य दिएको छ ।

कीर्तिपुरस्थित त्रिभुवन विश्वविद्यालयको क्रिकेट मैदानमा टस हारेर पहिले ब्याटिङको निम्तो पाएको युएईले निर्धारित ५० ओभरमा ६ विकेट गुमाएर ३७१ रनको योगफल बनाएको हो । युएईका लागि वृत्य अरविन्द र  रोहन मुस्ताफाले शतक प्रहार गरे । अरविन्दले एक सय ४७ बलमा १७ चौका र ९ छक्काको मद्दतमा सर्वाधिक १८५ रन बनाए

त्यस्तै  मुस्ताफाले एक सय २५ बलमा १० चौका र चार छक्काको मद्दतमा  ११८ रन बनाए । आसिफ खानले ३० रन जोडे । कुवेतका लागि शाहरुख क्युदुस प्रविन्द्र कुमारले  दुई विकेट लिए भने यासिन पटेल र सायद मोनिबले समान एक एक  विकेट लिए । रासस

प्रतिक्रिया राख्नुहोस्

Back to top button