तपाईँ सुन्दै हुनुहुन्छः

चिनियाँ पर्यटकहरूको टोलीद्वारा पोखरामा प्याराग्लाइडिङ

कास्की । चीनबाट नेपाल भ्रमणमा आएका १८१ चिनियाँ पर्यटकमध्ये ८० जनाले पोखरामा एक साथ प्याराग्लाइडिङ गरेका छन् ।

कोभिड १९ पछि पोखरामा आएको पहिलो चिनियाँ टोलीलाई गण्डकी प्रदेशका मुख्यमन्त्री खगराज अधिकारीले स्वागत गर्नुभएको थियो । उनीहरुलाई स्वागत गर्दै मुख्यमन्त्री अधिकारीले छिमेकी मुलुक चीनबाट पर्यटक आउन थालेपछि पर्यटन क्षेत्रमा नयाँ आशा पलाएको बताउनुभयो ।

पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा आएपछि एकै पटक धेरै सङ्ख्यामा प्याराग्लाइडिङ गर्ने यो पहिलो समूह रहेको नेपाल हवाई खेलकुद संस्था, पोखराका महासचिव खेमराज आचार्यले बताउनुभयो ।

चिनियाँ पर्यटकहरूलाई प्याराग्लाइडिङ गर्ने कास्कीकोटमा स्थानीय आमा समूह, जनप्रतिनिधि, युवा क्लबहरूले पञ्चेबाजासहित स्वागत गरेका थिए ।

चीनले कोरोना महामारीपछि समूहमा घुम्न सक्ने गन्तव्यको रुपमा नेपाललाई खुला गरेको छ । कोरोना महामारी पश्चात् पहिलो पटक चीन सरकारले गत मार्च १० बाट नेपाललाई गन्तव्यको सूचीमा राखेको थियो ।

प्रतिक्रिया राख्नुहोस्

Back to top button