ट्रकले ठक्कर दिँदा मोटरसाइकलमा सवार दुई जनाको मृत्यु
दाङ । दाङमा ट्रकको ठक्करबाट मोटरसाइकलमा सवार दुई जनाको मृत्यु भएको छ।
जिल्ला प्रहरी प्रवक्ता डिएसपी राजन गौतमले दुवै मृतकको सनाखत हुन बाँकी रहेको बताउनुभयो ।
तुलसीपुर–घोराही सडक खण्ड अन्तरगत आज बिहान साढे ११ बजेतिर घोराहीबाट–तुलसीपुरतर्फ जाँदै गरेको लु २ ख ३८१ नम्बरको ट्रकले लु ७३ प ११६२ नम्बरको मोटरसाइकललाई घोराही उपमहानगरपालिका वडा नं. १० स्थित खैरा चोकमा ठक्कर दिएको थियो ।
दुर्घटनाका घाइतेमध्ये एक जनाको घटनास्थलमै मृत्यु भएको र अर्का घाइतेलाई घोराहीस्थित राप्ती विज्ञान प्रतिष्ठान पुर्याए लगत्तै चिकित्सकले मृत घोषणा गरेको डिएसपी गौतमले बताउनुभयो ।
स्थानीयका अनुसार मोटरसाइकल गाउँबाट खैराचोकमा आउँदै थियो भने ट्रक नारायणपुरबाट तुलसीपुरतर्फ जाँदै थियो। दुवै सवारी तीव्र गतिमा भएका कारण दुर्घटना भएको हुनसक्ने प्रहरीले अनुमान गरेको छ।








प्रतिक्रिया राख्नुहोस्