संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश नियुक्ति अघि बढाउने प्रमुख दलबीच सहमति
काठमाडौँ । तीन दलका शीर्ष नेताहरूको बैठकमा संवैधानिक परिषद् बैठक चाँडै बोलाएर प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको छ ।
एमाले अध्यक्ष केपी शर्मा ओली निवास बालकोटमा बसेको बैठकमा प्रधानन्यायाधीश सिफारिस गर्ने सहमति भएको कांग्रेसका प्रमुख सचेतक रमेश लेखकले बताउनुभयो ।
संवैधानिक परिषद्को बैठक राख्ने विषय सहमति भएको लेखकले जानकारी दिनुभयो । यस्तै, टिआरसी विधेयक, संसद् सञ्चालन र समिति गठनको विषयमा पनि नेतृत्वबिच सहमति जुटेको उहाँको भनाई छ ।
बैठकमा प्रधानमन्त्री एवम् माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, सभामुख देवराज घिमिरे,कांग्रेस सभापति शेरबहादुर देउवा र नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली सहभागी हुनुहुन्थ्यो ।








प्रतिक्रिया राख्नुहोस्