टिप्परको ठक्करबाट रामग्राममा साइकल यात्रीको मृत्यु
नवलपरासी । टिप्परको ठक्करबाट रामग्राम १८ को पट्खौलिमा एक जनाको ज्यान गएको छ।
भित्री सडक खण्डमा पुर्वबाट पश्चिमतर्फ जाँदै गरेको प्रदेश २–०३–००१ क ११३२ नम्बरको ट्रकले साइकल यात्रीलाई ठक्कर दिँदा रामग्राम १२ कुनवार बस्ने वर्ष ६० का गनेश प्रसाद हरिजनको उपचार क्रममा जिल्ला अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ।
चालक र टिप्परलाई नियन्त्रणमा लिइएको प्रहरी नायब उपरीक्षक भोजराज पाण्डेले जानकारी दिनुभयो ।








प्रतिक्रिया राख्नुहोस्