थपिदैँ एक मन्त्री र एक राज्यमन्त्री : शपथ आज दिउँसो ३:०० बजे
आठौँ पटक मन्त्रिपरिषद् विस्तार गरिँदै

काठमाडौँ I प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज आठौँ पटक मन्त्रिपरिषद् विस्तार गर्दै हुनुहुन्छ ।
आज विस्तार हुने मन्त्रिपरिषद्मा नेपाली कांग्रेसका तर्फबाट सांसद नारायणप्रकाश साउदले परराष्ट्र मन्त्रालयको जिम्मेवारी पाउनु हुने भएको छ ।
परराष्ट्र मन्त्रालयमा नवनियुक्त हुनुहुने मन्त्री साउदको शपथ ग्रहणको कार्यक्रम आज दिउँसो ३:०० बजे राष्ट्रपति कार्यालयमा तय गरिएको राष्ट्रपति कार्यालयले जनाएको छ ।
साउदसँगै एक जना राज्यमन्त्रीले पनि आजै शपथ लिनुहुने भएको छ ।
प्रधानमन्त्री प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा र नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालबीच हिजो बालुवाटारमा काँग्रेसको भागमा परेको बाँकी मन्त्रालयहरूमा मन्त्री नियुक्तिका लागि सिफारिस गर्न छलफल भएको थियो ।
पुस १० मा प्रधानमन्त्री हुनुभएका प्रचण्डले यसअघि पुस ११, माग ३, माघ २३, फागुन १४, १६ र चैत १७ गते मन्त्रिपरिषद् विस्तार गरिसक्नु भएकाे छ ।
आज साउद मन्त्री बन्नुभएको खण्डमा पनि पाँच वटा मन्त्रालय अझै रिक्त नै रहनेछन् । जसमा तीन मन्त्रालयमा नेपाली कांग्रेसले मन्त्री पठाउनुपर्ने छ भने एउटा जसपाको भागमा छ । यस्तै जनमतका मन्त्रीले राजीनामा दिएको स्थानमा को आउने भन्ने पनि टुंगो लागेको छैन ।








प्रतिक्रिया राख्नुहोस्