ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु , १९ घाइते

विराटनगर । मोरङको रंगेली–४ स्थित आमतोला–रन्जनी सडकखण्डमा आज ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने १९ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा ग्रामथान गाउँपालिका–५ कि ६५ वर्षीया वैशाखी चौधरी रहेको इलाका प्रहरी कार्यालय रंगेलीले जनाएको छ ।
रन्जनीबाट रंगलीतर्फ आउँदै गरेको प्रदेश००१ त ९५५३ नम्बरको ट्याक्टर भित्री सडकमा अनियन्त्रित भई पल्टिँदा दुर्घटना भएको हो ।

घाइते हुनेहरू चार जनाको रंगेली अस्पतालमा र बाँकी उपचारका लागि विराटनगर पठाइएको प्रहरीले जनाएको छ ।
ट्याक्टरमा २० जना सवार रहेको प्रहरीको भनाई छ ।







प्रतिक्रिया राख्नुहोस्